ललितपुर, भदौ १२ — इक्यान ललितपुरले बुधबार होटेल हिमालयमा आयोजना गरेको शैक्षिक मेलाले विद्यार्थी र अभिभावकबीच विशेष आकर्षण पाएको छ। करिब ४० वटा कन्सल्टेन्सीहरूको सहभागितामा सम्पन्न मेलामा करिअर, अध्ययन गन्तव्य र भविष्यको बाटोबारे जिज्ञासा मेटाउन आएका विद्यार्थीहरूको बाक्लो उपस्थिति देखियो।
मेलामा रहेका विभिन्न मुलुकका शैक्षिक गन्तव्यबारे जानकारी पाइरहेका विद्यार्थीहरू उत्साहित देखिन्थे। विशेषगरी लामो अनुभवसहित विद्यार्थी पठाउँदै आएको फर्च्युन कन्सल्टेन्सि विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल रह्यो।
"मैले मेलामा आउनु अघि नै फर्च्युनबारे धेरै सुनेकी थिएँ। यहाँ आएर प्रत्यक्ष बुझ्दा अझै विश्वास बढ्यो," मेलामा आएकी विद्यार्थी रिता शर्माले भनिन्।
१७ वर्षको अनुभवसहित फर्च्युनले विद्यार्थीहरूलाई अमेरिका, अष्ट्रेलिया, न्यूजिल्यान्ड र युरोपका उत्कृष्ट शैक्षिक गन्तव्यमा पठाउँदै आएको छ। मेलामा सो कन्सल्टेन्सिको स्टलमा विद्यार्थीहरूको घुइँचो लागिरहेको देखिन्थ्यो।
विद्यार्थीहरूको प्रश्नमा प्रत्यक्ष जवाफ दिइरहेकी अपरेसन इन्चार्ज कल्पना सुनारले भनिन्,
"विद्यार्थीहरूको भविष्य हाम्रो जिम्मेवारी हो। त्यसैले हामी तथ्यमा आधारित सटीक परामर्श दिन्छौं।"
त्यस्तै, अध्यक्ष बिजयकुमार बस्नेतले भने,
"हाम्रो लक्ष्य विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय शिक्षासहित भविष्यको बाटो देखाउने हो। यही कारण विद्यार्थीहरूले फर्च्युनमा विश्वास राख्ने गरेका छन्।"
मान बहादुर राई, अस्ट्रेलिस इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड एजुकेशन, अष्ट्रेलियाका बिजनेस डेभलपमेन्ट म्यानेजर समेत रहेका उनले थपे,
"हामी हरेक विद्यार्थीलाई व्यक्तिगत स्तरमै बुझेर उपयुक्त गन्तव्य र कलेज छनोट गरिदिन्छौं। यही हाम्रो बलियो पक्ष हो।"
इक्यान जिल्ला ललितपुरका सभापति अर्बिन्द कुमार सिंहले मेलाको महत्वबारे भने,
"हाम्रो उद्देश्य विद्यार्थीलाई पारदर्शी, सुरक्षित र विश्वसनीय शैक्षिक वातावरण उपलब्ध गराउनु हो। यस किसिमका मेलाले विद्यार्थीलाई सही गन्तव्य रोज्न सहयोग पुर्याउँछन्।"
शैक्षिक अवसर, करिअर परामर्श र भविष्यको बाटो देखाउने मेलाले विद्यार्थीहरूको आत्मविश्वास मात्र बढाएन, उनीहरूलाई जिम्मेवार निर्णय गर्न पनि प्रेरित गर्यो।
फर्च्युनले अमेरिका, अष्ट्रेलिया, न्यूजिल्यान्ड र युरोपका प्रमुख शैक्षिक गन्तव्यतर्फ विद्यार्थी पठाउँदै आएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया