काठमाडौं — नेपाली चलचित्र इतिहासमा आजसम्मकै उत्कृष्ट सामाजिक कथा भनेर चर्चा पाइरहेको ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। भदौ ११ गते राजधानीमा सम्पन्न विशेष प्रिमियर शोमा उपस्थित दर्शक, कलाकार तथा निर्माण पक्ष सबैले यसलाई नेपाली फिल्म उद्योगको लागि एक नयाँ मापदण्ड कायम गर्ने चलचित्र भनेर प्रशंसा गरेका छन्।
चलचित्रमा सुरक्षा पन्त मुख्य भूमिकामा देखिएकी छन्। साथै आर्यन सिग्देल, निति शाह, ऋचा शर्मा, मञ्जिल कुमार, स्नेहा जोशी, दिनेश काफ्लेलगायतका प्रतिभाशाली कलाकारहरूको दमदार अभिनय रहेको छ। सामाजिक यथार्थ बोकेको कथावस्तु, उच्च गुणस्तरीय छायांकन, जीवन्त प्रस्तुति र मन छुने अभिनयका कारण ‘कोशेढुङ्गा’लाई दर्शकले विशेष अपेक्षासहित हेरेका छन्।
प्रिमियरमा उपस्थित समीक्षक तथा दर्शकहरूले चलचित्रको कथा, अभिनय, संगीत र निर्देशनलाई प्रशंसा गर्दै भने — “नेपाली चलचित्र जगतले अब नयाँ युगमा प्रवेश गरेको छ। ‘कोशेढुङ्गा’ले समाजलाई ऐना देखाउनुका साथै मनोरञ्जन, भावनात्मक सम्पर्क र सन्देश सबै दिन सफल भएको छ।”
निर्माण पक्षका अनुसार चलचित्रले सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्दै दर्शकलाई सोच्न र आत्मसात गर्न बाध्य बनाउने उद्देश्य राखेको छ। निर्देशकले समाजमा बाँचिरहेका पात्रहरूको कथा, संघर्ष र भावनालाई वास्तविकता नजिकै रहेर उतार्ने कोसिस गरेको स्पष्ट पारे।
कलाकार आर्यन सिग्देलले भने, “हामी सबैको मिहिनेत दर्शकले महसुस गर्नुहुनेछ भन्ने विश्वास छ। यो चलचित्रले नेपाली सिनेमामा फरक प्रभाव पार्नेछ।”
यसैगरी मुख्य पात्रमा देखिएकी सुरक्षा पन्तले दर्शकलाई चलचित्र हेर्न आग्रह गर्दै भनिन् — “यो चलचित्र हाम्रो समाजकै कथा हो। दर्शकले आफ्नो जीवनसँग जोड्न सक्नेछन्। कृपया हलसम्म आइदिनुहोस्।”
सामाजिक कथामा आधारित ‘कोशेढुङ्गा’ले नेपाली चलचित्र उद्योगमा नयाँ उचाइ पुर्याउने अपेक्षा राखिएको छ। दर्शकको व्यापक समर्थन र सकारात्मक प्रतिक्रियाले यसलाई आगामी दिनमा लामो समयसम्म हलमा टिक्ने सम्भावना बलियो देखिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया