काठमाडौं साउन २३— बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटाले बौद्धिक परिषदले गरेको सम्मानप्रति उच्च मूल्यांकन गर्दै पार्टी र जनताको हितमा आफू समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
बौद्धिक परिषदले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमालेको बागमती प्रदेश संसदीय दलबाट २७ जना सांसदमध्ये सरकारमा पहिलो नम्बरमा सिफारिस भएकोमा पार्टी नेतृत्वप्रति आभार प्रकट गरे। उनले आफ्नो क्षमता र निष्ठाका आधारमा पार्टीले गरेको मूल्यांकनलाई सम्मान गर्दै आगामी दिनमा पनि जनहितका काममा निरन्तर लाग्ने बताए।
पूर्व बौद्धिक परिषद अध्यक्ष समेत रहेका मन्त्री देवकोटाले परिषदको सिफारिसमा आफू सांसद बनेको स्मरण गर्दै यसपटक मन्त्रीको जिम्मेवारी पाएकोमा विशेष खुसी लागेको उल्लेख गरे। उनले पार्टी संगठनमा रहेर अनुशासित ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय चुनावमा बागमती प्रदेशमा पार्टीलाई जनताको प्यारो बनाउन सबै एकजुट भएर लाग्न आह्वान गरे।
कार्यक्रममा वर्तमान परिषद अध्यक्ष गजेन्द्र थपलियाले देवकोटा मन्त्री हुनु परिषदकै सम्मान भएको उल्लेख गर्दै निर्धक्क भएर काम गर्न साथ, समर्थन र शुभेच्छा प्रकट गरे। उनले देवकोटाको योगदानप्रति अशङ्ख्य प्रशंसा गर्दै भविष्यमा थप उपलब्धि हुने विश्वास व्यक्त गरे।
परिषद प्रचार सचिव डा. टिका ढकालले देवकोटा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर समेत काम गरिसकेको स्मरण गर्दै उनको अनुभव बागमतीको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन।
काठमाडौंमा भएको सो कार्यक्रममा परिषदका अन्य पदाधिकारी, पार्टीका विभिन्न संगठनका प्रतिनिधि लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए। ४२ वर्ष इन्जिनियरिङ पेशामा सक्रिय रहेका देवकोटाले बागमती प्रदेशको समग्र विकासका लागि गृहकार्य भइरहेको र परिषदको आशाअनुसार उपलब्धिमूलक काम गर्ने विश्वास दिलाए।कार्यक्रम परिषदका महासचिव दिपेन्द्र श्रेष्ठले उत्कृष्ट ढंगले सन्चालन गरेका थिए।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया