एमाले जबजकै मार्ग निर्देशनमा अघि बढेको छ : शंकर पोखरेल

एमाले जबजकै मार्ग निर्देशनमा अघि बढेको छ : शंकर पोखरेल

काठमाडौं भदौ २२- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको स्पष्ट पारेका छन्।

पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार नेताहरूले संगठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै महासचिव पोखरेलले एमालेले जबज छोडेको भन्ने प्रचार निराधार भएको बताए। केही मिडियामा आएको समाचारलाई खण्डन गर्दै उनले त्यस्तो अनर्गल प्रचार नगर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महासचिव पोखरेलले पत्रकारहरुलाई ‘अमुक व्यक्तिको प्रवक्ता’ नबन्न र जबज छोडेको भन्ने भ्रमपूर्ण समाचार नफैलाउन आग्रह गरेका थिए।

‘हाम्रा सबै दस्तावेजमा जबजकै मार्गदर्शनमा पार्टी अगाडि बढिरहेको छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘जबज छोड्यो भन्ने कुरा निराधार छ।’

गौतमका अनुसार महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरन्तर अगुवाई रहेको दाबी गरे। उनले मदन भण्डारीले पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, भरत मोहन अधिकारीले लेखेको कार्यक्रम, त्यसपछि मदन भण्डारी र केपी ओलीले तयार पारेको कार्यनीति तथा विधानलाई स्मरण गर्दै एमाले आजसम्म जबजकै सिद्धान्तमा अगाडि बढिरहेको स्पष्ट पारे।

उनका अनुसार केपी शर्मा ओलीले जबजलाई समृद्ध बनाउन नेतृत्व दिँदै आएका छन्। मदन भण्डारीको नेतृत्वमा पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत जबजकै मार्गदर्शनमा पार्टी निर्देशित रहेको विषयमा महासचिव पोखरेलले पटक–पटक जोड दिए।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा
5 महिना अगाडि

काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घ ...

छुटाउनुभयो कि ?

TOP