ललितपुरमा ‘युरोप EDUFEST’ सुरु, बुधबारसम्म सञ्चालन

ललितपुर — ललितपुरको कानदेवताको अपोजिटमा रहेको फर्चुन कन्सल्टेन्सीले शुक्रबारदेखि ‘युरोप EDUFEST’ सुरु गरेको छ । कार्यक्रम बुधबारसम्म चल्ने कन्सल्टेन्सीले जनाएको छ ।

कन्सल्टेन्सीको कार्यकक्षमै सञ्चालन भइरहेको यस कार्यक्रममार्फत युरोपमा अध्ययन गर्न इच्छुक विद्यार्थी र अभिभावकलाई विभिन्न विश्वविद्यालय तथा कलेजका अवसर, आवेदन प्रक्रिया, छात्रवृत्तिसहितका जानकारी उपलब्ध गराइँदैछ ।

अपरेशन इन्चार्ज कल्पना सुनारका अनुसार अफिस समयभर विद्यार्थीहरूले युरोपमा अध्ययनका सम्भावना र प्रक्रिया सम्बन्धी जानकारी र विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्न सक्नेछन् । उनका अनुसार, कार्यक्रममा विद्यार्थीहरूको घुइँचो देखिएको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त र दुई दशकदेखि युरोपका विभिन्न कलेजहरूसँग सहकार्य गर्दै आएको यो कन्सल्टेन्सी विश्वासिलो संस्था भएको कन्सल्टेन्सीले जनाएको छ ।कन्सल्टेन्सिले विद्यार्थी र अभिभावकलाई कार्यक्रममै उपस्थित भई जानकारी लिन अनुरोध गरेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतितोला रु.४०० ले घट्यो सुनको मूल्य
3 बर्ष अगाडि

काठमाडौँ-सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तो ...

छुटाउनुभयो कि ?

TOP