ललितपुरमा ‘युरोप EDUFEST’ सुरु, बुधबारसम्म सञ्चालन

ललितपुरमा ‘युरोप EDUFEST’ सुरु, बुधबारसम्म सञ्चालन

ललितपुर — ललितपुरको कानदेवताको अपोजिटमा रहेको फर्चुन कन्सल्टेन्सीले शुक्रबारदेखि ‘युरोप EDUFEST’ सुरु गरेको छ । कार्यक्रम बुधबारसम्म चल्ने कन्सल्टेन्सीले जनाएको छ ।

कन्सल्टेन्सीको कार्यकक्षमै सञ्चालन भइरहेको यस कार्यक्रममार्फत युरोपमा अध्ययन गर्न इच्छुक विद्यार्थी र अभिभावकलाई विभिन्न विश्वविद्यालय तथा कलेजका अवसर, आवेदन प्रक्रिया, छात्रवृत्तिसहितका जानकारी उपलब्ध गराइँदैछ ।

अपरेशन इन्चार्ज कल्पना सुनारका अनुसार अफिस समयभर विद्यार्थीहरूले युरोपमा अध्ययनका सम्भावना र प्रक्रिया सम्बन्धी जानकारी र विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्न सक्नेछन् । उनका अनुसार, कार्यक्रममा विद्यार्थीहरूको घुइँचो देखिएको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त र दुई दशकदेखि युरोपका विभिन्न कलेजहरूसँग सहकार्य गर्दै आएको यो कन्सल्टेन्सी विश्वासिलो संस्था भएको कन्सल्टेन्सीले जनाएको छ ।कन्सल्टेन्सिले विद्यार्थी र अभिभावकलाई कार्यक्रममै उपस्थित भई जानकारी लिन अनुरोध गरेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा
11 महिना अगाडि

काठमाडौं असोज १३-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सासुससुरा बस्ने घ ...

छुटाउनुभयो कि ?

TOP