काठमाडौं असार २३ -पशुपति क्षेत्र विकास कोषका वरिष्ठ कानुनी सल्लाहकार तथा नेपाली कांग्रेसका नेता गणेश केसीको पहलमा आइतबार बिहान पशुपति परिसरमा सुपारी र नरिवलको बिरुवा रोपिएको छ।
हिन्दू धर्ममा पूजापाठ र धार्मिक अनुष्ठानमा अनिवार्य रूपमा प्रयोग हुने सुपारी र नरिवलको बिरुवा यसअघि पशुपति क्षेत्रमा थिएन। धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने यस्ता बिरुवाको संरक्षण र प्रवर्द्धन आवश्यक ठहर गर्दै केसीले स्वयम् बिरुवा रोपेका हुन्।
केसीले भने, “हिन्दू संस्कार र पूजामा सुपारी र नरिवल बिना अधूरो हुन्छ। तर, पशुपति जस्तो पवित्र धार्मिक क्षेत्रमै यस्ता बिरुवाहरू नहुनु विडम्बनापूर्ण लाग्यो। त्यसैले यसको सुरुवात आज यहाँबाट गरियो।”
बिरुवा रोपणपछि उनले विकास कोषका कर्मचारीहरूलाई उचित रेखदेख, स्याहार–सुसार र संरक्षणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। “केवल रोपेर मात्र होइन, हुर्काएर पूजायोग्य बनाउन आवश्यक छ,” उनले जोड दिए।
पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्व अभिवृद्धि गर्ने दिशामा यो सानो तर महत्वपूर्ण पहल भएको उनले बताए। भविष्यमा अन्य धार्मिक महत्व भएका बिरुवाहरू पनि रोपिने योजना रहेको छ।उनले पशुपति क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरु पनि निरन्तर रोप्दै आइरहेकाछन ।
यस पबित्र कार्यमा भारतका उच्च धार्मिक ब्यक्ति,व्यवसायिहरुको समेत उपस्थिति रहेको थियो।
पशुपति क्षेत्र विकास कोषका अर्का कानुनी सल्लाहकार कुलानन्द उपाध्यायले भने, “सुपारी र नरिवलका बिरुवाले पशुपतिको पवित्रता अझ बढाउने छन्। यसको संरक्षण र उचित व्यवस्थापनले धार्मिक संस्कारलाई थप मजबुत बनाउनेछ।”
जनकपुरधाम — मधेश प्रदेश प्रहरीको नयाँ भवन उद्घाटन आगामी साउन ३०गते प्रधानमन्त्री केपी शर्मा ओल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!