रुपन्देही, कोटहीमाई — आज सोमबार, सीमा सुरक्षा निकायभित्रै भ्रष्टाचारको अनपेक्षित पर्दाफास भएको छ। सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई रु १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय बुटवलबाट खटिएको टोलीले सीमा नाकाबाट भन्सार छली गरी कपडा तथा किराना सामान ल्याउने प्रक्रियामा सहयोग गर्ने भन्दै सेवाग्राहीबाट घुस लिँदै गरेको सूचना र उजुरीको आधारमा तत्कालीन कारबाही गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले घटनाको पुष्टि गर्दै भने, "अहिले थप अनुसन्धान भैरहेको छ र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।"
यस घटनाले सुरक्षा निकायमा व्याप्त भ्रष्टाचारप्रति कडा निगरानी र कारबाहीको सन्देश दिएको छ।
काठमाडौँ,भदौ २५– नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीले जे ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!