जनकपुरधाम — मधेश प्रदेश प्रहरीको नयाँ भवन उद्घाटन आगामी साउन ३०गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रदेश गृहमन्त्री राजकुमार लेखीका अनुसार, करिब २५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक भवनको उद्घाटनका लागि प्रधानमन्त्री जनकपुरधाम आउनेछन् ।
मधेश प्रदेश सरकारले बहु वर्षे योजना अनुसार निर्माण गरेको यो भवन जनकपुरधामको वडा नं ४ मा रहेको छ । भवनमा प्रहरीका विभिन्न शाखाहरू रहनेछन् । पहिले मधेश प्रदेश प्रहरी आफ्नो भवन नभएकाले भाडामा बसेको थियो । नयाँ भवनले प्रहरीको कार्यक्षमता विस्तार हुने विश्वास गरिएको छ ।
यस भवनको शिलान्यास तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले गरेका थिए । तोकिएको समयमै निर्माण सम्पन्न भएको हो।
काठमाडौँ, माघ १५ - तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दया ...

प्रतिक्रिया