साउनको अन्तिम सोमबार, बिहानैदेखि पशुपतिनाथमा भक्तको घुइँचो

साउनको अन्तिम सोमबार, बिहानैदेखि पशुपतिनाथमा भक्तको घुइँचो

काठमाडौं — साउन महिनाको आज अन्तिम सोमबार, पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लामो लाइन लाग्न सुरु भएको छ। वर्षासहितको चिसो मौसमले पनि भगवान शिवको दर्शन गर्ने भक्तको उत्साह कम गर्न सकेको छैन।

मन्दिरको मुख्य पश्चिम ढोकादेखि सुरु भएको लाइन उमाकुण्ड, जयबागेश्वरी हुँदै मृगस्थलीसम्म फैलिएको छ। कतिपय भक्तजन मध्यरातमै मन्दिर परिसर पुगेर पालो कुर्दै बसेका थिए। ‘बोल बम’ र ‘हर हर महादेव’को गुञ्जनले सम्पूर्ण क्षेत्र शिवमय बनेको छ।

अन्तिम सोमबारमा विशेष पूजा–आरतीसहित महादेवलाई बेलपत्र, धतूरा, अकवनाको फूल अर्पण गर्न आउनेको संख्या अन्य सोमबारको तुलनामा दोब्बर रहेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, तराई, पहाडका विभिन्न जिल्ला र भारतका तीर्थालुहरू पनि दर्शनका लागि आएका छन्।

सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूको संयुक्त टोलीले भीड व्यवस्थापन गरिरहेको छ। भक्तजनलाई पालैपालो दर्शन गराउन चारवटा लाइन प्रणाली लागू गरिएको छ।

साउनको चार सोमबारमध्ये आजको दिनलाई विशेष पुण्यदायी अवसर मानिँदै विहान ३ बजेदेखि पशुपति धाम श्रद्धामय वातावरणमा डुबेको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP