काठमाडौं, साउन २७— प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संसारभरका युवाप्रति शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य निहित रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार जारी सन्देशमा भनेका छन्, “फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ।”
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्न हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गरेको हो। पहिलो पटक सन् २००० मा यो दिवस मनाइएको थियो।
ओलीले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन अन्तर्राष्ट्रिय युवा दिवसले निरन्तर प्रेरणा दिइरहेको उल्लेख गरे।
काठमाडौँ, माघ १५ - तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दया ...

प्रतिक्रिया