काठमाडौं, जेठ १९ — सार्वजनिक सवारी साधन बन्दका कारण यात्रुहरूलाई परेको अप्ठ्यारोलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालनमा ल्याएको छ।
सशस्त्र प्रहरी बल, नेपालका अनुसार, जेठ १९ गतेदेखि सुरु भएको यस सेवाअन्तर्गत दुईवटा बस काठमाडौंको विभिन्न रुटमा सञ्चालनमा छन्। एक बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सुरु भई स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म चल्नेछ। अर्को बस भने स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।
सार्वजनिक यातायात अवरुद्ध हुँदा सर्वसाधारण नागरिकहरू गन्तव्यसम्म पुग्न समस्या भएको भन्दै सशस्त्र प्रहरीले राहतस्वरूप यो सेवा सुरु गरेको हो। यात्रुहरूलाई सहज, सुरक्षित र समयमै गन्तव्यमा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बलले यो निःशुल्क सेवा प्रदान गरेको जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार, आवश्यक परेमा थप बसहरू पनि परिचालन गर्ने तयारी रहेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया