सर्लाहीको बागमती माविमा एसईई नतिजा ‘गायब’ विवादपछि बल्ल आयो नतिजा, २१ जना मात्रै भए पास

सर्लाही, असार १८—रामनगर–६ स्थित श्री बागमती माध्यमिक विद्यालयका ११० नियमित विद्यार्थीको २०८१ सालको एसईई नतिजा पाँच दिनसम्म सार्वजनिक हुन सकेको थिएन। राष्ट्रिय परीक्षा बोर्डको प्रणालीमा विद्यालयका विद्यार्थीहरूको विवरण नै नदेखिएपछि विद्यालय प्रशासन तनावमा परेको थियो।

विद्यालयले पटक–पटक परीक्षा बोर्डमा जानकारी गराउँदा पनि समाधान नहुँदा अभिभावक र विद्यार्थीहरू आक्रोशित बनेका थिए।

स्थिति जटिल बन्दै गएको बेला गाउँपालिका अध्यक्ष राजाबाबु यादव स्वयं सक्रिय बने। उनले विद्यालय प्रशासन, शिक्षा शाखा र राष्ट्रिय परीक्षा बोर्डसँग सिधा समन्वय गरी तत्काल नतिजा प्रकाशन गर्न दबाब दिए।

यसैबीच, रेड मिडियाले समेत विषयलाई सार्वजनिक गर्दै विद्यालय, स्थानीय तह र परीक्षा बोर्डबीच समन्वय गराउने महत्त्वपूर्ण भूमिका खेलेको थियो। समस्या उजागर भएपछि राष्ट्रिय परीक्षा बोर्डले डेटा अपलोडमा प्राविधिक त्रुटि भएको स्वीकार गर्दै ढिलाइपछि नतिजा सार्वजनिक गर्‍यो।

प्रकाशित नतिजाअनुसार ११० विद्यार्थीमध्ये जम्मा २१ जना मात्रै पास भएका छन् भने बाँकी अधिकांश असफल भएका छन्।

नतिजा सार्वजनिक भएपछि विद्यालय परिसरमा जारी असन्तुष्टि र विरोध प्रदर्शन पनि सान्त भएको छ।

विद्यालयका प्रधानाध्यापक रामसिहासन रायले भने,
"नतिजा आएपछि केही राहत महसुस भएको छ, तर यति धेरै विद्यार्थी असफल हुनु चिन्ताको विषय हो। शिक्षण पद्धति र मूल्यांकन प्रणालीमाथि गम्भीर पुनरावलोकन गर्न आवश्यक छ।"

गाउँपालिका अध्यक्ष राजाबाबु यादवको भनाइ यस्तो थियो :
"विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले म स्वयं परीक्षा बोर्डमा कुरा राखें। परिणाम सार्वजनिक भएपछि केही ढुक्क भइयो, अब शिक्षाको गुणस्तरमा सुधार गर्नु जरुरी छ।"

शिक्षाविद्हरूले यस्ता समस्या पुनः नदोहरियोस् भन्नका लागि परीक्षा प्रणाली, प्रविधि र जनशक्तिमा व्यापक सुधार आवश्यक रहेको सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP