सर्लाही, असार १७-२०८१ सालको एसईई परीक्षा सार्वजनिक भएको पाँच दिन बितिसक्दा पनि सर्लाहीको रामनगर–६ स्थित श्री बागमती माध्यमिक विद्यालयका ११० नियमित विद्यार्थीको नतिजा अझै सार्वजनिक हुन सकेको छैन।
११८ परीक्षार्थीमध्ये ८ जना आंशिक परीक्षार्थीको मात्र नतिजा सार्वजनिक भएको छ भने बाँकी विद्यार्थीको विवरण राष्ट्रिय परीक्षा बोर्डको प्रणालीमै नदेखिएको विद्यालयले जनाएको छ।
नतिजा नआएको भन्दै आक्रोशित विद्यार्थी र अभिभावकहरूले मंगलबार बिहानदेखि विद्यालय घेराउ गर्दै प्रदर्शन गरिरहेका छन्। टायर बालेर चर्का नाराबाजी गरिएको छ।
विद्यालयका प्रधानाध्यापक रामसिहासन रायले परीक्षा बोर्डको लापरवाही र प्राविधिक त्रुटिका कारण यस्तो समस्या भएको बताएका छन्। उनका अनुसार बोर्डलाई पटकपटक जानकारी गराउँदा पनि जवाफ टारिएको छ।
स्थिति जटिल बन्दै गएपछि विद्यालय प्रशासन सुरक्षाको कारण जिल्ला सदरमुकामतर्फ सरेको छ। गाउँपालिका अध्यक्ष राजाबाबु यादवले बोर्डलाई तुरुन्त नतिजा प्रकाशन गर्न दबाब दिइसकेको र अभिभावकसँग संवाद गरेर आक्रोश रोक्न प्रयास भइरहेको बताएका छन्।
यसैबीच, परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले डेटा अपलोडको त्रुटिका कारण ढिलाइ भएको स्वीकार्दै आजै नतिजा सार्वजनिक हुने आश्वासन दिएका छन्।
तर यस्तो राष्ट्रिय परीक्षा प्रक्रियामा देखिएको लापरवाहीले बोर्डको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। शिक्षाविद्हरूले दोषी अधिकारीमाथि छानबिन र कारबाहीको माग गरेका छन्।
विद्यार्थी र अभिभावकको आन्दोलन यथावत् छ। नतिजा नआएसम्म प्रदर्शन जारी राख्ने उनीहरूको चेतावनी छ।
काठमाडौँ, साउन १५ — सरकारी सेवा प्रवाहको नाममा खुलेआम लुटतन्त्र सञ्चालन भइरहेको कम्पनी रजिष्ट् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!