राष्ट्रिय वाणिज्य बैंकको २९७औँ शाखा धनुषाधाममा सञ्चालनमा

धनुषा, वैशाख ११ — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा आफ्नो २९७औँ शाखा विस्तार गरी शनिबारदेखि औपचारिक कारोबार सुरु गरेको छ।

धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले संयुक्त रूपमा ताम्रपत्र अनावरण तथा रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्।

नगरप्रमुख मण्डलले उक्त अवसरमा धनुषाधाम कृषि तथा पर्यटनसँग जोडिएको क्षेत्र भएकाले बैंकले प्राथमिकताका साथ लगानी गर्नुपर्नेमा जोड दिए। उनले राष्ट्रिय वाणिज्य बैंकमा सरकारको लगानी रहेको उल्लेख गर्दै यसलाई जनताको बैंकको रूपमा परिभाषित गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले बैंकले ७७ वटै जिल्लामा शाखा स्थापना गर्ने लक्ष्य अनुसार शाखा विस्तार भइरहेको जानकारी दिए। उनले योग्य तथा दक्ष जनशक्तिका माध्यमबाट बैंकले आधुनिक सेवा प्रवाह गरिरहेको बताए।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाको सभापतित्व रहेको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख विद्यादेवी भुजेल, वडा नं. ३ का अध्यक्ष, उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, मधेश प्रादेशिक कार्यालयका प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, स्थानीय राजनीतिक प्रतिनिधि, उद्योगी व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो।

बैंकका अनुसार हालसम्म सातै प्रदेश र ७७ जिल्लामा २९७ शाखा कार्यालय, ३१२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP