सशस्त्र प्रहरीका डीआईजी धौवजी र न्यौपानेको कार्यकाल थप

काठमाडौँ, असार १० — सशस्त्र प्रहरी बल नेपालका दुई वरिष्ठ नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थपिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर ५६ वर्ष र सेवा अवधि ३० वर्ष ननाघ्ने सर्तमा उनीहरूको कार्यकाल लम्ब्याउने निर्णय गरेको हो।

सरकारका एक मन्त्रीका अनुसार, यो निर्णयअनुसार डीआईजी धौवजीको कार्यकाल २०८२ असोज २४ सम्म र डीआईजी न्यौपानेको कार्यकाल २०८२ माघ २९ सम्म कायम रहनेछ।

यी दुबै अधिकारी अनुशासनप्रिय, कर्तव्यनिष्ठ, वफादार र  राष्ट्रप्रति उच्च कटिबद्धता राख्ने अफिसरको रूपमा प्रहरी संगठनमा परिचित छन्। लामो समयदेखि संगठनमा इमानदारिता, मर्यादा र नेतृत्वदक्षताका लागि चिनिने धौवजी र न्यौपानेले सशस्त्र प्रहरी बलको पेशागत छविलाई मजबुत बनाउने कार्यमा उल्लेखनीय योगदान दिएका छन्।

सशस्त्र प्रहरी बलको रणनीतिक निरन्तरता र आन्तरिक स्थायित्वलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले कार्यकाल थप गरेको बताइएको छ। प्रहरी संगठनभित्र नेतृत्व विकास, नीति कार्यान्वयन र संयमित व्यावसायिकताको दृष्टिले पनि यो निर्णय महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP