गौरीगंजमा ईलेक्ट्रिसियन तालिम सम्पन्न, २० जना युवाको सहभागिता

गौरीगंजमा ईलेक्ट्रिसियन तालिम सम्पन्न, २० जना युवाको सहभागिता

झापा असार ९ — जिल्लाको गौरीगंज गाउँपालिका–३ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको ईलेक्ट्रिसियन तालिम समापन भएको छ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका झापा स्थित कार्यालय प्रमुख, स्थानीय समाजसेवी, भद्रभलाद्मी र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीय युवाहरुलाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाको आयोजनामा, गौरीगंज गाउँपालिकाको सहजीकरणमा र बहु–प्राविधिक तालिम शिक्षालय, दमकको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

गत चैत्र २९ गतेदेखि सञ्चालनमा आएको तालिममा २० जना युवाको सहभागिता रहेको थियो। तालिमबाट सहभागीहरूलाई आत्मनिर्भर बनाउने र रोजगारमुखी सीप प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन्।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि राजवंशीले सशस्त्र प्रहरी बल नेपाललाई यस्तो सकारात्मक अभियानका लागि धन्यवाद दिँदै, आगामी दिनमा पनि युवालाई सक्षम बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिने बताइन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP