गृहिणी महिला संघ नेपालद्वारा आयोजित उद्घोषण तालिम सम्पन्न

गृहिणी महिला संघ नेपालद्वारा आयोजित उद्घोषण तालिम सम्पन्न


काठमाडौ असार ९-काठमाडौं महानगरपालिकाको सहयोगमा गृहिणी महिला संघ नेपालले आयोजना गरेको एक साताको उद्घोषण तालिम आज प्रमाणपत्र वितरणका साथ सम्पन्न भएको छ।

समापन कार्यक्रम वडा नं. ६ का सदस्य लिला विष्ट बिसुंखेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। तालिममा २५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमकी प्रमुख प्रशिक्षक विष्णुमाया पौडेल रहनु भएको थियो भने सहायक प्रशिक्षक तथा कार्यक्रम संयोजक शशी शर्मा थिइन्।

उक्त तालिमले महिलाहरूलाई उद्घोषण कला सम्बन्धी आधारभूत ज्ञान र व्यवहारिक सीप प्रदान गरेको  संस्थाकि अध्यक्ष अमृता शर्माले जानाकारी दिइन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP