पोखरा २ जेठ -पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन्। देशभरका ३५ जिल्लाबाट भक्तजन आएर सहभागी भएका थिए भने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनको उपस्थिति ऐतिहासिक र अभूतपूर्व रहेको छ।
पोखरामा जारी यो कोटिहोम यज्ञ न त भूतकालमा यस्तै देखिएको छ न भविष्यमा यस्तै हुने सम्भावना रहेको आयोजकहरूले बताएका छन्। महापुरुष विजयकृष्ण मूर्तिजी महाराजको सङ्कल्प र नेतृत्वमा शुरु भएको यो शतकुण्डीय महायज्ञले देशभरको हिन्दू धर्म जागरणमा ठूलो योगदान पुराएको छ।
महायज्ञमा पश्चिमेली र पूर्वीय संस्कृतिहरूको समन्वय गरिएको छ भने देशभरबाट आएका भक्तजनहरू यहाँको सद्भाव र प्रेमले अत्यन्त प्रभावित भएका छन्। आयोजकहरूले भनेका छन्, “यो सुरुवात मात्र हो, भविष्यमा पाँचै प्रदेश र विदेशमा समेत यस्तै महायज्ञहरू हुनेछन्।”
शनिबारको दिन भक्तजनको भीड यति धेरै थियो कि व्यवस्थापनमा जुटेका कर्मचारीलाई समेत कठिन भएको थियो। सहयोग कक्षहरूमा भक्तजनको आवतजावतले व्यवस्थापनलाई हम्मे हम्मे परेको थियो।
महायज्ञका मुख्य कार्यक्रमहरू अन्तर्गत शनिबार प्रख्यात साधु सन्तहरूको प्रवचन साथै नेपालका ख्याति प्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति भएका थिए। सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज, १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराज, र विन्ध्यवासिनी पीठाधीश्वर वाल सन्त निषेशानन्द गुरु महाराजले कथा वाचन तथा शुभकामना सन्देश दिएका थिए।
शनिबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्ण मूर्तिजी महाराजले कथा वाचनको जिम्मा लिएका छन्। सात दिनसम्म कथा वाचन गरेका पं. दिनबन्धु पोखरेललाई बिदाइ गरिएको थियो। विजयकृष्ण मूर्तिजी महाराजले जेठ ४ गतेदेखि १३ गतेसम्म दिउँसो २ बजेदेखि ६ बजेसम्म कथा वाचन गर्नेछन्। यसैगरी युवा दार्शनिक चैतन्य कृष्ण महाराजले जेठ ४ गतेदेखि ११ बजे देखि २ बजे सम्म कथा वाचन गर्नेछन्।
महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परां्कुश, अनुराधा पाण्डे लगायत साधु सन्तहरूले कथा वाचन गरिसकेका छन्।
शनिबार सांस्कृतिक कार्यक्रमहरूमा देउडा गायक नन्द कृष्ण जोशी, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल, र लोक दोहोरी गायिका पूर्णकला बिसीले भजन प्रस्तुत गरी भक्तजन र अतिथिहरूलाई नाच्न र आनन्दित बनाउन सफल भए।
कोटिहोमलाई सहयोग गर्ने सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। त्यहाँ राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी थिए।
पत्रकार ऋषि धमलाले पोखराका उद्योगपति तथा व्यापारीहरूलाई यो महायज्ञमा दान गरी सेवा समर्पण गर्न आग्रह गरेका थिए। उनले भने, “पोखरामा के छैन सबै छ, यहाँका उद्योगपति व्यापारी मनकारी छन्। आउनुहोस्, तपाईंहरूले यहाँ दान गरेको नाम सुन्न म आतुर छु।”
महायज्ञमा आगामी दिनहरूमा विभिन्न कलाकारहरूको पनि सहभागिता रहनेछ। ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’, र २४ गते महानायक राजेश हमालको प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन्।
भोलि आइतबार नवलपुरबाट एक सयभन्दा बढी थारुहरूले आफ्नो विशेष सांस्कृतिक झाँकी प्रस्तुत गर्नेछन्। थारुहरूले लाठी नाच, झमटा, झुमरा जस्ता परम्परागत नृत्यसहित झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ।
जेठ १० गते शनिवार दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुनेछ। त्यहाँको थाली नृत्यलाई विशेषताका रूपमा प्रस्तुत गरिनेछ।
जेठ ११ गते “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” विषयमा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन्। नामावली दर्ता जेठ १० गतेसम्म खुला रहनेछ। प्रतियोगितामा विभिन्न जिल्लाबाट प्रतियोगीहरू नाम दर्ता गरिसकेका छन्।
कोटिहोममा ८४ पूजन कार्यक्रम, २५ लाख पार्थिव शिवलिङ्गको निर्माण, १८ पुराण, ४ वेद, १०८ श्रीमद्भागवत पाठ पारायण श्रवण जस्ता धार्मिक कर्महरू समेत भइरहेका छन्।
वेद, पुराण र भागवतमा सहभागी हुने अवसर, भूमि पूजनका लागि आफ्नो घरको माटो ल्याएर भाग लिन सकिने व्यवस्था पनि गरिएको छ।
पितृ उद्धार, पारिवारिक सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि २१ करोड दीप प्रज्वलन गर्ने, तुला दान कर्ममा सहभागी हुने, शुभ विवाह कार्यक्रम, रुद्राभिषेक, महा अनुष्ठान, अति रुद्री जस्ता पुण्यमयी कर्महरू समेत चलिरहेका छन्।
कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक भगवान् को नाममा आहुति अर्पण गरिरहेका छन्। जौ, तिल, घिउ लगायत हवन सामग्री दान गर्ने तथा हवन कुण्ड परिक्रमा गर्ने व्यवस्था मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले बताए।
जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुनेछन्।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति हुनेछ। कोटिहोम पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयहरूको जग्गामा आयोजना गरिएको छ। महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुने छ।
यस प्रकार शनिबारको दिन यहाँको कोटिहोममा भएको महायज्ञ ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक दृष्टिले अविस्मरणीय रह्यो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया