सुनसरीको शिवधाराबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा

सुनसरी असार २— सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा ७० बोरा गाँजा र ३१ बोरा अदुवा तथा तरकारी लोड गरिएको अवस्थामा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले ट्रक नियन्त्रणमा लिएको हो।

गाँजा ल्याउने व्यक्ति र ट्रक चालक भने घटना स्थलबाट फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजा, तरकारी र ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

अत्याधिक अनुसन्धान र फरार व्यक्तिको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP