जय श्रीराम’ भजनको अडियो विमोचन गण्डकी कोटिहोममा सम्पन्न

पोखरा, ७ बैशाख– पोखरास्थित गण्डकी कोटिहोममा शुक्रबार सम्पन्न एक विशेष धार्मिक समारोहका क्रममा ‘जय श्रीराम’ भजनको अडियो औपचारिक रूपमा विमोचन गरिएको छ। गायिका विष्णुमाया पौडेल र गायक शेरबहादुर बि.सी.को स्वरमा सजिएको यस भजनमा "हरपल लिन्छु प्रभुको नाम, हृदयमा बास छ सिताराम" भन्ने भावपूर्ण अन्तराबाट सुरुवात गरिएको छ, जसले कार्यक्रममा उपस्थित श्रद्धालुहरूलाई भावविभोर बनाएको थियो।

शुक्रबार आर.बी. के.सी.द्वारा रचना र संगीतबद्ध गरिएको यस भजनको विमोचन धर्मगुरु बालयोगेश्वर बिजयकृष्ण मुर्ती महाराज र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भागवत वाचिका देवी प्रतिभाले संयुक्त रूपमा गर्नुभएको हो।

विमोचन समारोहमा भजन बज्नेबित्तिकै उपस्थित श्रद्धालुहरू भक्ति भावमा झुमेर नाचेका थिए। सोही अवसरमा गायिका पौडेल, गायक बि.सी. र भजन भिडियोका प्रमुख कलाकार कमल ढकाललाई गुरु बालयोगेश्वर र देवी प्रतिभाले संयुक्त रूपमा सम्मान गरेका थिए।

गीतकार तथा संगीतकार आर.बी. के.सी.ले ‘जय श्रीराम’ भजनलाई “सनातन संस्कृतिप्रतिको हाम्रो श्रद्धा, साधना र समर्पणको संगीतात्मक अभिव्यक्ति” भन्दै यही पवित्र स्थानमा भिडियो विमोचनसमेत गुरु महाराजकै करकमलबाट गर्ने तयारी रहेको जानकारी दिनुभयो।

धार्मिक अगुवाहरू, सञ्चारकर्मीहरू र स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सबै उमेर समूहका व्यक्तिहरू भजनमा समर्पित भावनाका साथ सहभागी देखिन्थे। भजनको अडियो ‘Amuse’ डिजिटल प्लेटफर्म र विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक गरिएको छ, जसले हजारौं श्रद्धालुहरूको मनमा भक्ति जागृत गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP