काठमाडौं, वैशाख ५ — राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) मा भएको सर्बर खरिद प्रकरणमा ५ करोड ७९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, सन् २०१९ मा म्याक्स इन्टरनेशनल प्रालिमार्फत सिंगापुरको कम्पनीबाट आपूर्ति गरिएका RISC र HCI सर्भरको खरिद प्रक्रिया अनियमित देखिएको हो। सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै विस्तृत योजना, प्राविधिक विश्लेषण र लागत अनुमानबिना नै सामग्री खरिद गरिएको र अत्यधिक मूल्यमा भुक्तानी गरिएको आयोगको ठहर छ।
आयोगले प्रस्तुत गरेको आरोपपत्रमा भनिएको छ, खरिदमा भ्याटबाहेक ५ करोड ७९ लाख रुपैयाँ Training, Installation, Configuration र Warranty शीर्षकमा भुक्तानी गरिएको थियो। तर ती सेवाहरू आपूर्ति कम्पनीको जिम्मेवारीमा पर्ने हुँदा छुट्टै भुक्तानी गर्नु अनियमित भएको आयोगले जनाएको छ।
यसबाहेक, म्याक्स इन्टरनेशनल प्रालिका प्रमुख अकबर हुसेनले सिंगापुरस्थित यु ओ बी बैंकमा रहेको सुनिल पौडेलको खातामा ७९ हजार ६४० अमेरिकी डलर पठाएको प्रमाण फेला परेको आयोगको दाबी छ।
विशेष अदालतमा दायर मुद्दामा पाँचै जना अभियुक्तहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९ अनुसार कसूर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ।
आरोपितहरू:
सुनिल पौडेल — तत्कालीन कार्यकारी निर्देशक, NITC
रमेश प्रसाद पोखरेल — सहायक निर्देशक
रामशरण महर्जन — शाखा अधिकृत
कृष्णकुमार श्रेष्ठ — खरिद इकाई सदस्य
अकबर हुसेन — म्याक्स इन्टरनेशनल प्रा.लि.का सीईओ
आयोगले उनीहरू सबैलाई मिलेमतोमा सरकारलाई आर्थिक नोक्सानी पुर्याएको र व्यक्तिगत लाभ उठाएको ठहर गरेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया