काठमाडौं, ४ जेठ। टोखा नगरपालिकाको सहयोगमा रेड मिडियाले आयोजना गरेको नौदिने एडभान्स पत्रकारिता तालिम आइतबारदेखि सुरु भएको छ। कार्यक्रम सम्योजक आरबी केसिका अनुसार तालिम वडा नं. ११ स्थित स्थानिय सभाहलमा २५ जना सहभागीहरूसहित संचालनमा आएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष घनश्याम खड्काले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गर्दै गुणस्तरीय पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गरे। उनले भने, "निष्पक्ष, तथ्यमा आधारित र जनताको पक्षमा उभिने पत्रकारिताको अभ्यास हाम्रो समाजका लागि महत्वपूर्ण छ। रेड मिडियाले यस्तो उपयोगी तालिम ल्याएर उदाहरणीय काम गरेको छ।"
तालिमको प्रमुख प्रशिक्षकमा सञ्चारविद् डा. विजय मिश्र रहेका छन्। तालिम उद्घाटन कार्यक्रममा वडा सदस्यहरू महेश थपलिया र रञ्जु बोगटीको पनि उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता रेड मिडियाकी प्रधान सम्पादक विष्णुमाया पौडेलले गरेकी थिइन्। उनले उद्घाटन मन्तव्यमा भनिन्, "पत्रकारिताको वर्तमान युग डिजिटल, छिटो र चुनौतीपूर्ण छ। यस्तो परिस्थितिमा ‘एडभान्स’ स्तरको तालिम आवश्यक देखेर हामीले यो कार्यक्रम ल्याएका हौं। सहभागीहरूले यो अवसरलाई ज्ञान र सीपमा रुपान्तरण गर्ने विश्वास लिएका छौं।”
कार्यक्रमको सञ्चालन कुशल उद्घोषक हेमन्ता भट्टराईले गरेकी थिइन्।
तालिम आगामी नौ दिनसम्म निरन्तर रुपमा सञ्चालन हुनेछ र स्थानीय स्तरमा अनुसन्धानमूलक तथा उत्तरदायी पत्रकारिताको अभ्यासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया