काठमाडौँ, चैत्र २७ – सशस्त्र प्रहरी बलले काठमाडौँको सतुंगलबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल इंटेलिजेन्स ब्यूरोको टोलीले बाराको सिम्रौनगढ, कलैया, वीरगञ्ज हुँदै काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ–८ घर भई हाल काठमाडौँ बस्दै आएका ४५ वर्षीय अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ का ३० वर्षीय सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ निवासी ३३ वर्षीय आसिक सिंह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट डाईजोपाम, नोफिन र फेनारगनजस्ता लागूऔषध बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले नयाँ सूचना अधिकारी तथा प्रवक्ता तोकेको छ। सशस्त्र प्रहरी ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!