पोखरा । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञअन्तर्गत आज बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध (उपनयन) कार्यक्रम हुँदैछ। हिन्दू धर्मशास्त्रअनुसार अत्यन्तै पवित्र र जीवनको महत्वपूर्ण संस्कार मानिने यस व्रतबन्ध कार्यक्रममा बिजय कृष्ण मुर्ती महाराजले आत्मदेखि उपस्थित भई सहभागी हुन सबैमा निमन्त्रणा गरेका छन्।
प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार व्रतबन्ध कार्यक्रममा सहभागी बालकहरूलाई दक्ष पण्डित तथा गुरुजनको निर्देशनमा वैदिक मन्त्र, हवन र विधिपूर्वक यज्ञोपवीत संस्कार गराइनेछ। संस्कारपछि उनीहरूलाई ब्राह्मणका तीन ऋण—देवऋण, ऋषिऋण र पितृऋण—बारे जानकारी दिइनेछ।
ढकालका अनुसार, सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक दृष्टिकोणले महत्त्व त हुन्छ नै, व्यवस्थापन, खर्च र समयको दृष्टिकोणले पनि सहजता आउने भएकाले अभिभावकहरू उत्साहित देखिएका छन्।
मानव सेवा फाउण्डेशनका अनुसार हालसम्म दर्जनौं बालकहरूको नाम दर्ता भइसकेको छ भने थप दर्ता खुला छ। काठमाडौँ, चितवन, बुटवललगायतका स्थानबाट अभिभावकहरू सन्तानसहित कोटिहोम आइपुगेका छन्।
व्रतबन्धसँगै श्रीगण्डकी कोटिहोममा हाल विराट् ज्ञान महायज्ञ भव्य रूपमा सञ्चालनमा छ, जसमा ४ वेद, १८ पुराण, १०८ श्रीमद्भगवत पाठ, पार्थिव शिवलिङ्ग पूजा, रुद्राभिषेक, शुभ विवाह, तुला दानलगायतका विविध धार्मिक गतिविधिहरू भइरहेका छन्।
ढकालका अनुसार वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल झाँकी तथा सङ्गीत समूहसहित कथा वाचनका लागि आउने कार्यक्रम तय भइसकेको छ। त्यस्तै, जेठ १० देखि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, राधिका दासी, चैतन्यकृष्ण महाराजलगायत प्रवचनकर्ता सहभागी हुने तयारी भइरहेको छ।
यसैबीच, खुला भजन चुट्का प्रतियोगिता पनि एक हप्तादेखि सुरु भइसकेको छ। प्रतियोगितामा देशभरबाट करिब तीन सय सहभागी प्रतिस्पर्धा गरिरहेका छन्, जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसहित विभिन्न ११ विधामा पुरस्कृत गरिनेछ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया