बैकुण्ठ मान श्रेष्ठद्वारा चढाइएको उक्त छत्रलाई परम्पराअनुसार बच्चलेश्वरी माँको खट पछाडि राखी नगर परिक्रमा गरिएको थियो। धार्मिक मान्यताअनुसार, छत्रलाई शक्ति, सुरक्षा, र आध्यात्मिक ऊर्जा सञ्चार गर्ने प्रतीक मानिन्छ।
तलेजु कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार, उपत्यकाका विभिन्न खट जात्राहरूमा छत्र घुमाउने परम्परा प्राचीन कालदेखि नै चलिआएको छ। स्थानीय जात्रा विज्ञ श्रीकृष्ण डङ्गोलका अनुसार, यसरी नगर परिक्रमा गर्दा भगवानको शक्ति र आशीर्वाद भक्तजनमा सञ्चार हुने धार्मिक विश्वास रहेको छ।
बच्चलेश्वरी गुठियार तथा स्थानीय जात्रालुहरूले यस ऐतिहासिक कार्यलाई संस्कृतिको संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
महेन्द्रनगर, माघ १५ - आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्ष ...

प्रतिक्रिया