बच्चलेश्वरी माँको छत्र तान्त्रिक विधिअनुसार पूजा गरी नगर परिक्रमा

बच्चलेश्वरी माँको छत्र तान्त्रिक विधिअनुसार पूजा गरी नगर परिक्रमा

काठमाडौं – बच्चलेश्वरी माँको छत्रलाई तान्त्रिक विधिअनुसार पूजा गरी नगर परिक्रमा गरिएको छ। पाहाँ चह्रे पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा विशेष धार्मिक अनुष्ठानसहित छत्रलाई विधिपूर्वक प्रतिष्ठान गरिएको हो।

बैकुण्ठ मान श्रेष्ठद्वारा चढाइएको उक्त छत्रलाई परम्पराअनुसार बच्चलेश्वरी माँको खट पछाडि राखी नगर परिक्रमा गरिएको थियो। धार्मिक मान्यताअनुसार, छत्रलाई शक्ति, सुरक्षा, र आध्यात्मिक ऊर्जा सञ्चार गर्ने प्रतीक मानिन्छ।

तलेजु कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार, उपत्यकाका विभिन्न खट जात्राहरूमा छत्र घुमाउने परम्परा प्राचीन कालदेखि नै चलिआएको छ। स्थानीय जात्रा विज्ञ श्रीकृष्ण डङ्गोलका अनुसार, यसरी नगर परिक्रमा गर्दा भगवानको शक्ति र आशीर्वाद भक्तजनमा सञ्चार हुने धार्मिक विश्वास रहेको छ।

बच्चलेश्वरी गुठियार तथा स्थानीय जात्रालुहरूले यस ऐतिहासिक कार्यलाई संस्कृतिको संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP