काठमाडौं, वैशाख १४ — प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि तयारी अवस्थामा रहेका सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई ‘सगरमाथा संवाद’को झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको पनि उपस्थिति थियो।
छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन्। उनी "तराइ, पहाड, हिमाल — सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल" भन्ने सन्देशसहित सगरमाथा आरोहणमा निस्कँदैछन्।
यसअघि प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले छत्याललाई बलको झण्डा हस्तान्तरण गरी बिदाई गरेका थिए।
छत्यालले वैशाख १५ गते सगरमाथा आरोहण यात्रा प्रारम्भ गर्नेछन्।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया