मधेस प्रदेशका पूर्वसचिव र स्वास्थ्य अधिकारीसहित ३० भन्दा बढीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम — मधेस प्रदेश सरकारअन्तर्गत विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरू र निजी कम्पनी सञ्चालकहरूविरुद्ध गैरकानूनी लाभ र राज्यलाई हानी पुर्‍याएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रा.लि.का सञ्चालक अनिल शाहसहित ८ जना र सेभेन हिल्स प्रा.लि.माथि गैरकानूनी लाभ तथा हानी पुर्‍याएको आरोपमा आरोपपत्र दायर गरिएको हो।

त्यस्तै, मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितसहित १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

फेरि अर्को मुद्दामा इम नारायण श्रेष्ठ र विशाल पण्डितसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.विरुद्ध समेत गैरकानूनी लाभ तथा हानी पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको छ।

यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साहसहित ८ जना र सेभेन हिल्स प्रा.लि.विरुद्ध पनि आरोपपत्र दायर भएको छ।

विशेष अदालतमा दायर यी मुद्दाहरूमा राज्यलाई ठूलो आर्थिक हानी पुर्‍याएको र सेवाग्राहीको हितविपरीत काम गरेको आरोप लगाइएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP