लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराइयो

खुम्बु, बैशाख १४ — सशस्त्र प्रहरी बल नेपालका जवान विजय जंंगमले आज बिहान ७ बजेर १२ मिनेटमा ६,११९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन्।

जंंगम यही बैशाख २ गते विशेष तयारीसहित आरोहणका लागि प्रस्थान गरेका थिए। आरोहणपछि उनले भने, “यो विजय मेरो व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण सशस्त्र प्रहरी बल नेपालको साहस र समर्पणको प्रतीक हो। शिखरमा झण्डा फहराउँदा मैले सम्पूर्ण नेपाली जनताको आत्मसम्मानलाई शिखरमा राखेको महसुस गरेको छु।”

सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय उच्च हिमाली क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन कार्यक्षमताको विकासमा जोड दिँदै आएको छ। बलले मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमार्फत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छ।

लोबुचे हिमाल प्राविधिक हिसाबले जटिल मानिने हिमालमध्ये पर्दछ। विजय जंंगमको सफल आरोहणले उच्च जोखिमपूर्ण क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको परिचालन क्षमता थप मजबुत बनाएको छ। बलले भविष्यमा यस्ता आरोहण र अभ्यासलाई निरन्तरता दिँदै आपतकालीन उद्धार र विपद् व्यवस्थापनमा भूमिका अझ सशक्त बनाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP