काठमाडौं।सर्लाही जिल्लाको धनकौल गाउँपालिका–६ मा कृषि बाटो निर्माणको क्रममा करिब आठ लाख रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०८०/८१ अन्तर्गतको योजनामा सम्झौता र प्राविधिक इष्टिमेट विपरीत काम गरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा गलत विवरण प्रस्तुत गरेर रु. ७,७९,२०५।- बढी भुक्तानी लिएको अनुसन्धानबाट पुष्टि भएको हो।
आयोगले प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सब-इन्जिनियर शशिरञ्जन कुमार सिंह, लेखापाल अभय कुमार साह तथा उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा अध्यक्ष श्याम बाबु साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको हो।
आरोपितहरू उपर कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको छ।
काठमाडौँ, जेठ १५ –गणतन्त्र दिवस २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!