नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको नयाँ नेतृत्व चयन

काठमाडौं – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शनिबार आफ्नो नयाँ कार्यसमिति घोषणा गरेको छ। एक वर्षअघि अनौपचारिक रूपमा स्थापना भएको महासंघको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो।

सभाले आइटी बिज्ञ बिजयकुमार बस्नेत सहित ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ, जसको अध्यक्षमा राजेन्द्र बराल र महासचिवमा उद्धवबहादुर खड्का चयन भएका छन्। वरिष्ठ उपाध्यक्षको पदमा शेषराज भट्टराई, १० उपाध्यक्ष, ६ सचिव, १० सल्लाहकार सदस्य र अन्य पदाधिकारी चयन भएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष दीपक मलोहत्रा लगायत शैक्षिक परामर्श क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

महासंघका अध्यक्ष राजेन्द्र बरालले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन महासंघको स्थापना गरिएको बताए। उनले सरकार र अन्य सरोकारवालाहरूसँग समन्वय गरी शैक्षिक परामर्श क्षेत्रको नीति निर्माण र व्यवस्थापनमा कार्य गर्ने प्रतिबद्धता पनि जनाए।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीले नेपाली विद्यार्थीहरूको विदेश अध्ययन अनिवार्य नभइ नेपालमा शैक्षिक प्रणाली सुधार गर्न आवश्यकता रहेको धारणा व्यक्त गरे।

महासंघको गठनमा इक्यान, आइरिन्, नायर, जाल्सान, केक्यान, इपीक्यान, नेपाल युरोप बिजनेस एसोसिएसन लगायत ८ वटा संघहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP