नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको केन्द्रीय सदस्यमा बिजयकुमार बस्नेत निर्वाचित

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ, नेपाल (FECE-NEPAL) को पहिलो वार्षिक साधारण सभाबाट बिजयकुमार बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा लामो अनुभव संगालेका बस्नेतले आफूलाई निर्वाचित गराएकोमा सम्पूर्ण नेपाली व्यवसायी, मित्रहरू, र अग्रजप्रति आभार व्यक्त गरेका छन्। "तपाईंहरूको साथ र विश्वास मेरो लागि अत्यन्त प्रेरणादायी छ। म यस जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु," बस्नेतले भने।

शैक्षिक परामर्श सेवाको स्तर उकास्न र व्यवसायीहरूको हकहित संरक्षण गर्न महासंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। बस्नेतको नेतृत्वले संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

रेड मिडिया परिवारको तर्फबाट बिजयकुमार बस्नेतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP