काठमाडौं उपत्यकामा पाहाँचर्‍हे जात्राको धुमधाम तयारी, बत्सलेश्वरीको विशेष पूजा सम्पन्न

काठमाडौं उपत्यकामा पाहाँचर्‍हे जात्राको धुमधाम तयारी, बत्सलेश्वरीको विशेष पूजा सम्पन्न

काठमाडौं, चैत – नेवारी समुदायको ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको पाहाँचर्‍हे जात्रा काठमाडौं उपत्यकामा उल्लासमय वातावरणमा मनाउन तयारी थालिएको छ। जात्राको मुख्य पूजाका रूपमा रहेको बत्सलेश्वरी मन्दिरमा विशेष पूजा आराधना सम्पन्न भइसकेको छ।

स्थानीय बासी श्रीकृष्ण डङ्गोलका अनुसार यस जात्रामा श्री बछलेश्वरी सिन्दुर गुठी, श्री बछलेश्वरी चन्दन गुठी, र ध्वाें (स्याल) गुठीयारहरू अग्रणी भूमिका निर्वाह गर्छन्। चैत कृष्ण प्रतिपदाका दिन बत्सलेश्वरी मन्दिरमा विशेष पूजा गरेर काठमाडौंका दश महाविद्या र अष्ट मातृकाहरूलाई निमन्त्रणा गरिएको छ। यससँगै जात्राको विधिवत् प्रारम्भ भएको छ।

धार्मिक र सांस्कृतिक महत्व

पाहाँचर्‍हे जात्रा आराध्यदेव श्री पशुपतिनाथको कृपा प्राप्त गर्ने अवसर मानिन्छ। धार्मिक मान्यताअनुसार, बत्सलेश्वरी देवी नै दश महाविद्याहरूकी आमा हुन्। यस जात्राले परिवार, समाज र देवीदेवताहरू बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास गरिन्छ।

महादेवले पाहाँचर्‍हे पर्वमा छोरी-ज्वाईं तथा बालबालिकालाई प्रसाद ग्रहण गर्न निमन्त्रणा गर्ने परम्परा रहेको छ। यसले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने धार्मिक मान्यता बोकेको छ।

नेवारी संस्कृति जगेर्नामा जात्राको भूमिका

पाहाँचर्‍हे जात्रा नेवारी समुदायको सांस्कृतिक पहिचान को प्रतीक हो। यस जात्राले धार्मिक परम्पराको निरन्तरता, सामाजिक एकता, र सांस्कृतिक सम्पदाको संरक्षण मा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस वर्षको पाहाँचर्‍हे जात्रामा विशेष सांस्कृतिक कार्यक्रम, परम्परागत पूजाआजा, तथा नगर परिक्रमा आयोजना गरिने जनाइएको छ। स्थानीय गुठीयारहरू, भक्तजनहरू तथा विभिन्न समुदायको उत्साहजनक सहभागिताले यस वर्षको पाहाँचर्‍हे जात्रालाई थप भव्य बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP