काठमाडौं,३० चैत्र – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले खेलकुदलाई राष्ट्रको पहिचान, सामाजिक एकता र अनुशासनको बलियो माध्यमको रूपमा प्रस्तुत गर्नुभएको छ। नेपाल एपीएफ क्लब र अग्नी इन्कर्पोरेटेड प्रा.लि. (महिन्द्रा नेपाल) को सहकार्यमा आयोजित ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड–२०८१’ समारोहमा बोल्दै उहाँले, “खेलकुद केवल मनोरञ्जन होइन, यो राष्ट्र निर्माणको एक सशक्त आधार हो,” भन्नुभयो।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल स्थापना कालदेखि नै सुरक्षासँगै खेलकुदमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नेपाल एपीएफ क्लबबाट उत्पादन भएका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउन सफल भएकोमा गर्व व्यक्त गर्नुभयो।
उहाँले अग्नी समूहलाई दीर्घकालीन सहकार्यका लागि विशेष धन्यवाद दिँदै यस्तो साझेदारीले खेलकुद विकासमा नयाँ ऊर्जा थपेको र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुर्याएको बताउनुभयो। “स्पोर्ट्स अवार्ड केवल पुरस्कार होइन, यो खेलाडीहरूको समर्पण र अनुशासनको सम्मान हो,” उहाँको भनाइ थियो।
समारोहमा गृहमन्त्री रमेश लेखक प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान निर्देशक हुतराज थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, अग्नी समूहका अध्यक्ष क्याबिनेट श्रेष्ठ, पूर्व तथा वर्तमान उच्च प्रहरी अधिकृतहरू, प्रशिक्षक र खेलकर्मीहरूको उपस्थिति थियो।
कार्यक्रममा नेपाली खेलकुदमा योगदान पुर्याउने महानुभावहरूलाई एपीएफ क्लबको आजीवन सदस्यता प्रदान गरिएको थियो भने क्लबलाई सहयोग पुर्याउने संघसंस्थाहरूलाई पनि सम्मान गरिएको थियो।
महानिरीक्षक राजु अर्यालले यस्ता कार्यक्रमहरूले खेलकर्मीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि सशस्त्र प्रहरी बल खेलकुदको माध्यमबाट राष्ट्रको सेवा गर्न निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया