पोखरा, ३० वैशाख – श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा १० वर्षीया बालविदूषी अनुराधा पाण्डेयले हिजोदेखि भागवत कथा प्रवचन सुरु गरेकी छन्। उमेरले भर्खरै एक दशक टेकेकी नानी तर ज्ञान, भाव र श्रद्धाले भरिएका उनका प्रवचन सुनेर पोखराको बिरौटामा उपस्थित हजारौं भक्तजन भावविभोर बनेका छन्।
सानो स्वर, तर गहिरो विचार। उज्यालो अनुहारमा अनन्त आस्था झल्किने, र बोल्दा एक एक शब्दले भक्तको हृदय छोइरहने। अनुराधाले प्रवचनमा बताइन् – "जसको मनमा श्रीहरिको नाम छ, उसले कहिल्यै हार मान्दैन। संसारको दुःख पनि उसलाई नमिठो लाग्दैन, किनकि उसको हृदयमा भक्ति बसेको हुन्छ।"
बाल्यवस्थाकै मिठासमा लिप्त उनका शब्दहरू, श्रोताहरूको मनमा प्रभुको स्वरूप कोरिरहे झैं लाग्थ्यो। धेरैले कथा सुन्दै आँखा भिजाएका थिए, कति ध्यानमा लीन भएर बसिरहेका थिए। कथा मात्र होइन, त्यो एक अनुभूति थियो – जसले मानिसको आत्मालाई छोएको थियो।
उक्त महायज्ञका मूल कार्यक्रमहरू वैशाख १७ गतेदेखि सुरु हुने भए पनि, अनुराधाको कथा प्रवचनले महायज्ञ स्थलमा आध्यात्मिक ऊर्जा छरिएको छ। धर्मगुरुहरू आउन बाँकी छन्, तर एक नानीको मधुर आवाजले हजारौंको मनमा हरिकथा जमेको छ।
नेपाल र भारतका विशिष्ट धर्मगुरुहरू समेत सहभागी हुने यो विराट महायज्ञमा, अनुराधाको कथा एक प्रेरणादायी सुरुवात बनेको छ – जहाँ उमेरको कुनै सिमा छैन, केवल श्रद्धा, भक्ति र सेवा नै मूल हो भन्ने सन्देश झल्किएको छ।
पोखरा, बैशाख २९– पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा वाचन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!