चर्चित संगीतकार एबम गायक बाबुल गिरिलाइ पित्री शोक

चर्चित संगीतकार एबम गायक बाबुल गिरिलाइ पित्री शोक

काठमाडौ ।अहिलेका समयका सबैभन्दा चर्चित एबम लोकप्रिय संगीतकार तथा गायक बाबुल गिरि यतिबेला पित्री शोकमा परेकाछन।आज आठौं दिन हो।

म्युजिक डाइरेक्टर माइकल चन्दले बाबुल गिरि र उनको दाजु कोरामा बसेको तस्बिर आज फेसबुकमा शेर गरेकाछन।

बि. स .२०१४ साल असोज २३ गते जन्मेका तिलक बहादुर गिरि बि.स.२०८१ पुष २ गते श्वासप्रश्वास समस्याबाट निधन  हुन पुगेको थिए ।

बाबुल गिरिका माता यममाया गिरी,  दिदी अन्जली गिरी ,मिना गिरी र दाई होम गिरी यतिबेला शोकमा परेकाछन।

नेपाली संगीत क्षेत्रमा ठुलो योगदान पुराउदै आएका बाबुल गिरि पुराना र नया पुस्तालाई जोड्ने एक शसक्त पुल हुन।

कर्म क्षेत्रमा अत्यन्त लगनशील उनिले सानादेखी ठुला सम्मलाई अत्यन्त सम्मान गर्न जानेकाछन ।

उनले सबैलाई गुरु मान्ने गर्छन।उनको संगतले जो कोहि पनि अत्यन्त खुशी हुन्छन।अहिलेसम्म उनले हजारौं गितमा आफ्ना संगीत दिएकाछन भने केही बर्षदेखि उनले गरेको संगीत र गाएका गितहरुले सबै भन्दा धेरै चर्चा पाउने  गरेको छ।

घर बाट बिहानै काममा निस्कने बाबुल गिरि आफ्नै पिताले पकाइदिएको रोटो बोकेर हिन्थे।आज उनै लोकप्रिय संगीतकार/गायक बाबूल गिरि जिवनको सबै भन्दा ठूलो शोकमा छन।

बाबुल गिरि लगायत उनका परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरून्,स्व.बुबा प्रती हार्दिक श्रर्दान्जली ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP