जनमैत्री बहुमुखी क्याम्पसले सप्पन्न गर्यो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन
सम्बादाता
२०८१-१०-०६
23
Shares
काठमाडौ।जनमैत्री बहुमुखी क्याम्पस ,कुलेश्वरले दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन काठमाडौमा आज सम्पन्न गरेकोछ।
माघ ५ र ६ गते सामुदायिक कलेजहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।
निजि क्याम्पसहरुको समेत उल्लेखनिय उपस्थिति रहेको थियो।सहभागीहरु अधिकाम्स प्राध्यापकहरु नै थिए।सम्मेलनमा सहभागीहरुले प्रमाणपत्र प्राप्त गरेका थिए।
कार्यक्रमलाइ योगदान पुराउने ब्यक्तिहरुको सम्मान भएको थियो।देश भित्रका ५० कलेज र बिदेशका बिश्व बिद्यालयका आधा दर्जन सरोकारवाला ब्यक्ति सहित १ सय ५० ब्यक्तिको उपस्थित रहेको थियो।
सम्मेलन अत्यन्त भब्य पुर्बक सम्मन भएको सहभागीहरुको भनाइ रहेकोे थियो। अन्तर क्याम्पसहरुका बिचमा अनुभव,समस्या र चुनौती समेत साटासाट भएको थियो।
अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त प्राध्यापकहरुद्वारा अत्यन्त समय सान्दर्भिक विषयमा प्रशिक्षण हुँदा सहभागी गदगद देखिन्थे।
बिहान ८ बजेदेखि ४ बजेसम्म संचालित कार्यक्रम अन्तिम दिन साझ पख सास्कृतिक कार्यक्रम भएको थियो।
कलेजका बिद्यार्थीहरुले गायन ,नृत्य गरेर भरपुर मनोरंजन प्रदान गरेका थिए ।
कार्यक्रमका सम्योजक अनिल प्रसाद भुषाल लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैजना प्रती जनमैत्री बहुमुखी क्याम्पसका प्रमुख भोलानाथ ओझाले धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
प्रतिक्रिया