मालपोत कार्यलयका प्रमुख सहित आठ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यलयका प्रमुख  सहित आठ जना भ्रष्टाचार मुद्दामा दोषी  ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका हुन् । 

विशेष अदालतले सोमबार ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।  

विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला सुनाएको छ ।

विशेषले मालपोत प्रमुख रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ ।

मतियारको रूपमा बिन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । दोषी ठहर भएका मध्ये बिन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिन मात्र कैद बसे हुने फैसला विशेषले सुनाएको छ । 

अख्तियारले ८ जनाविरुद्ध  २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अस्ताए माडिका होनहार युवा शिक्षक तथा सन्चार्कर्मी भुपराज
एक बर्ष अगाडि

७ फाल्गुण ,काठमाडौ । लामो समयदेखि उपचारमा रहेका कलाकार ,सन्चार्कर्मी एवं शिक्षक भुपराज पाठकको आज मृत ...

छुटाउनुभयो कि ?

TOP