लुम्बिनी प्रदेश सरकारले सचिबहरुको कामको जिम्मेवारी हेरफेर गर्ने गर्यो निर्णय

लुम्बिनी प्रदेश सरकारले सचिबहरुको कामको जिम्मेवारी हेरफेर गर्ने गर्यो निर्णय

 

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।


बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश समसामयिक कर, राजश्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रलाई स्वीकृति प्रदान गर्ने, लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गाको व्यवस्थापनको लागि प्रदेश सरकार मन्त्रिपरिषदबाट नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।


बैठकले प्रदेशका केही सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

साथै डा. ओम अर्याललाई प्युठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११ औँ तहका डा. विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने समेत बैठकले निर्णय गरेको छ ।

गत बर्षको दायित्व भुक्तानी दिने बारेमा पनि बैठकले निर्णय गरेको छ ।
‘गत बर्ष काम सम्पन्न भएको तर, भुक्तानी दिन बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ’प्रवक्ता तथा मन्त्री पन्थीले भने,‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाहरूले अव भुक्तानी पाउने गरी निर्णय भएको छ ।’

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

महाशिबरात्रीको महिमा र यस्को महत्व
एक बर्ष अगाडि

७ फागुन ,काठमाडौ ।हिन्दू धर्मावलम्बीहरूका लागि महाशिवरात्रि एक महत्वपूर्ण पर्व हो, जुन भगवान शिवको आ ...

छुटाउनुभयो कि ?

TOP