चितवन प्रहरीले आफुमाथी दुव्र्यवहार गर्‍यो :पुर्ब गृहमन्त्री लामिछाने

 


२४ मङ्सिर ,काठमाडौं । सहकारी ठगीको आरोपमा ५१ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सञ्चो नहुँदासमेत चितवन प्रहरीले रातविरात चितवनबाट कास्की लगेको बताएकाछन।

आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि लगिएका लामिछानेले इजलाससमक्ष प्रहरीले आफूलाई दुख दिएको गुनासो गरेका हुन् ।


गत शुक्रबार राती लामिछानेलाई चितवनबाट पोखरा लगिएको थियो । सो क्रममा चितवनका प्रहरीले अभद्र व्यवहार गरेको, सुतिरहेको मान्छेलाई मध्यरातमा उठाएर मानव अधिकारको हनन् भएको भन्दै रास्वपाका नेताहरुले विरोध गरिरहेका छन् ।

आइतबार लामिछानेले पनि न्यायाधीशसमक्ष सोही कुरा दोहोर्याएका हुन् ।


जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासमा म्याद थप सम्बन्धि बहसको अन्तिममा बोलेका लामिछानेले माथिको आदेश भन्दै आफूलाई राती साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइएको गुनासो गरेको स्रोतले जनाएको छ ।


रविले इजलासमा भनेका थिए ‘श्रीमान मलाई चितवनमा प्रहरीले अमानवीय व्यवहार गर्‍यो। मेरो टाउको दुखेको थियो। चक्कर लागेको थियो। मलाई अस्पताल लगिदिनुस् भन्दा पनि सुनुवाई भएन्। मलाई राति साढे १० बजे माथिको आदेश भनेर झाक्कल–झुक्कल गरेर मध्यरात पोखरा ल्याइयो,’ ।


इजलासमा रवि लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, हरिप्रसाद सुवेदी, नारायण कँडेल, नारायणप्रसाद घिमिरे, अधिवक्ता लेखनाथ सापकोटा लगायतले बहस गरेका थिए।


उनीहरूले रवि लामिछानेलाई प्रतिशोध साँध्नकै लागि हिरासत अवधि लम्ब्याएको, हिरासतभित्र लामिछानेलाई अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।

पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्धय शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।


दुवै तर्फको बहस सुनेपछि न्यायाधीश बेल्बासेको इजलासले ४ दिनको म्याद थप गर्दै उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचार गर्नसमेत आदेश दिएको कास्की अदालतले जनाएको छ ।


अदालतले भनेको छ, ‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु भनि जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखि पठाउनु ।’


पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका थिए । उनीविरुद्ध कास्की जिल्ला अदालतले पाँचौँपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।


उक्त म्याद शुक्रबार रातिनै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थपिएको हो ।


पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP