एमालेको केन्द्रिय कमिटीको बैठक आइतबारबाट सुरु

काठमाडौ ।नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक  पार्टी केन्द्रीय कार्यालय च्यासलमा अवस्थित तुल्सीलाल स्मृति सभा भवनमा  आइतबारबाट सन्चालन भैरहेकोछ ।

महासचिव शङकर पोख्रेलका अनुसार  बैठकमा राजनीतिक प्रतिवेदन,संगठनात्मक कामको सामान्य रिपोर्टिङ तथा विगतमा सचिवालय र पोलिटव्युरो बैठकले गरेका निर्णयहरुको अनुमोदन प्रमुख एजेण्डा रहेका छन् ।

बैठकले अनुमोदनको एजेण्डालाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

वैठकमा राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर सदस्यहरुले वोल्नेक्रम सुरुभएको छ । हिजोको बैठकमा २७ जना केन्द्रीय सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए  । बैठक आज ११ बजे पुनः सुरुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
एक घण्टा अघि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP