प्रधानमन्त्री ओलिले गरे दमक "भ्यु टावर "को उद्घाटन

प्रधानमन्त्री ओलिले गरे दमक "भ्यु टावर "को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका-३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन्।

मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दूरीमा पर्ने १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो।

चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको यस कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रममा बताए।


भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चारदिने मनोसामाजिक परामर्श तालीम सप्पन्न
एक बर्ष अगाडि

काठमाडौ ।काठमाडौ महानगरपालिका वडा तीनको कार्यलयमा चारदिनदेखी संचालित सामाजिक परामर्श तालिम औपचारिक र ...

छुटाउनुभयो कि ?

TOP