१२ कार्तिक काठमाडौ ।यो चिसो मौसम हो।हिमाली,पहाडी र तराई सबैतिर मौसम चिसो छ।तराईमा बिहान बेलुकाको मौसम चिसो छ त अन्य ठाउँमा भने पुरै समय जाडो बढिसकेकोछ।यतिबेला सबैलाई घाम प्यारो हुन्छ।
जता जता घाम उता उता मानिसको जमघट हुन थालेकोछ।सुन्तला र बदाम खाने यो मौसम रमाइलो पनि छ।
बाक्लो कपडा लगायो,ड्याम्म परेको सिरक भित्र पस्नुको आनन्द छुट्टै आउँछ।पहिले पहिले दाउरा बालेर आगो ताप्ने चलन अहिले बिजुली पुगेपछि हिटर बल्ल थालेकोछ।
मानिसको जीवन समेत फेरिएकोछ।सामान्य घर पक्की घर बनेपछि कयौंको घरमा त लुगा धुने वासिङ मेसिन,फ्रीजदेखि एयर कुलर ,हिटर सम्म जडान भएकाछन।
अधिकाम्सको घरमा भने त्यस्तो अवस्था छैन अझै पनि ।न्यानो कपडा लाउने ,बाक्लो सिरक डसना प्रयोग गरेर आफू र परिवारलाई जोगाइ रहेका हुन्छन् ।मौसम चिसो हुदैछ।
यो बढदैछ।अझ बढ्नेछ।मौसमविद र चिकित्सकहरुको सल्लाह बमोजिम यतिबेला चिसोबाट बच्ने उपाय अबलम्बन गर्नुपर्छ।बालबालिका ,बिद्यार्थी ,बृद्धबृदाको स्वास्थको ख्याल राख्ने बेला आएकोछ।बाथ,मुटु रोगी र फोक्सोको समस्या भएकाले झनै चिसो मौसमबाट जोगिनपर्छ।
चोसो मौसमको यो समय सुरुबात मात्र भएकोले अबको केही दिनमा ह्वात्तै चिसो बढ्ने भएकोले सतर्क रहन बिज्ञहरुले सुझाएकाछन।शरीरलाई न्यानो कपडाले जोगाउने,पानी उमालेर खाने गर्नुपर्छ।
सिरक ,डसनालाई मिले सम्म घाममा सुकाउने गर्ने गर्नुपर्छ।चिसोको यो समयमा टुसारो समेत पर्ने हुँदा बाहिरी बाताबरणबाट समेत जोगिनुपर्छ।
सकभर जाडोमा निसक्नु हुन्न बाहिर ,निस्कनै परे बाक्लो कपडा ,जुत्ता -मोजा,टोपी ,हातमा पन्जाको प्रयोग अनिवार्य प्रयोग गर्न चिकित्सकहरुले अपिल गरेरकाछन।
एकातिर धुवाँ,धुलो र अर्कोतिर चिसो बढदै जानुले आम मानिसको जीवन अलि जटिल बन्नबाट अत्यधिक सचेत हुन अवस्यकछ।चिसो मौसमले निमोनियाका बिरामीलाई सताउछ।रुघाखोकी लाग्ने हुन्छ।
अहिले त जाडो सुरु मात्र हो,यो ह्वात्तै बढेर दैनिक जीवन प्रभावित समेत हुने हुँदा सबै चनाखो हुन आबश्यक देखिएकोछ।मौसमलाइ च्यालेन्ज नगरौं ,आफू र परिवारलाई जोगाउ ।अनावश्यक चिसोमा नहिडौ।
औषधिको समयमा प्रयोग गरौ।जाडो बढिसकेको अबस्थामा भन्दापनी बेलैमा घर र आफुलाइ जोगाइ रहने अबस्थाको सिर्जना गरौ।
आफ्नो स्वास्थको ख्याल राखौ र परिवारको ख्याल राखौ।नागरिकको कर्तव्य पूरा गरेर सचेतना समेत फैलाउन सम्बन्धित पक्षहरुले सबैमा अनुरोध समेत गरेकाछन।
प्रतिक्रिया