काठमाडौ ।पशुपति क्षेत्र बिकास कोषले मंगलबार पशुपति क्षेत्रमा अनाधिकृत रूपमा बनाएर बसेको एउटा घर टहरा भत्काइदिएकोछ।
किरातेश्वर मन्दिर परिसरमा लामो समयदेखी मनोमानी होटेल समेत सन्चालन गर्दै आएका देबराज राइले बनाएर बसेको घर भत्काइदिएको हो।
पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवती रमण अधिकारीका अनुसार अनाधिकृत रूपमा ओगटेर बसेकोले हटाउन परेको हो।
किरातेश्वर् मन्दिरको समेत अपमान हुने गरि फोहर मैला गर्ने,विभिन्न मानिस जम्मा गरि होहल्ला गर्ने,गाजा ,चुरोट र रक्सीको ब्यापार समेत गर्ने गरेको गुनासो आएपछि पटक पटक खबरदारी गराउदा पनि उस्तै ब्यहोरा देखाएकोले त्यस क्षेत्र बाध्य भएर खाली गर्नु परेको उनले बताए।
घर खाली गराउन पुगेका कर्मचारीमाथी उनै रक्सीले मातिरहेका राइले दुव्र्यवहार गर्दै आत्महत्या गर्छु भनेर मट्टीतेल खनाएको भन्दै आफ्नो टाउकोमा रक्सी समेत खनाएका थिए ।
पशुपति क्षेत्रमा कोषको सम्पत्तिमाथी मनोमानी कब्जा गर्ने माथी पशुपति क्षेत्र बिकास कोषले कडाइका साथ आफ्ना गतिविधि अगाडि बढाइरहेकोछ। कहि पनि यस्ता क्रियाकलाप हुन नदिने र यस्ता प्रवृत्ति हटाउन कडाइका साथ अगाडि बढ्ने कोषका प्रबक्ता अधिकारीले बताए ।
सम्बादाता
- २०८१-०९-१०
एक बर्ष अगाडि
काठमाडाैं । नेपाल राष्ट्र बैंकले १५ वटा बैंक तथा वित्तीय संस्थाका प्रमख कार्यकारी अधिृकतलाई कारवाही
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!