पशुपति क्षेत्रमा कार्यरत सरसफाइका ज्यालादारी कर्मचारी आन्दोलनमा

काठमाडौ । पशुपति क्षेत्रमा कार्यरत सरसफाइका ३७ जना दैनिक ज्यालादारी कर्मचारी अहिले ११ दिनदेखी आन्दोलनमा छन।

खुकुरी सेक्युरिटी  सर्भिसेस प्रालि द्वारा कोषको लागि सरसफाइ  काम गर्न खटाइएका कर्मचारीले आन्दोलन गरेका हुन।

सेक्युरिटी कम्पनीले ती ज्यालादारी कर्मचारीलाई काममा लगाउन नसकिने पत्र पशुपति क्षेत्र बिकास कोषलाई पठाएपछी कामदारहरुले आफुहरुले हाजिर गरि काम गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन गरेकाछन ।

खुकुरी सेक्युरिटी कम्पनीले कोषलाई पत्र पठाउदै भनेकोछ "पशुपति क्षेत्र बिकास कोष र हाम्रो कम्पनी बिचमा भएको सम्झौता २०८१  मङ्सिर मसान्तसम्म रहेकोले पुष  एक गते देखि सम्झौता  सकिएकोछ।

अब उपारान्त ती कर्मचारीलाई काममा लगाउन सकिदैन । कर्मचारीहरुले आफुले पाउनुपर्ने तलब पनि नपाएको बताएपनि उक्त सेक्युरिटी कम्पनीले भने काममा लगाएको मङ्सिर महिना सम्मका सम्पूर्ण तलब भुक्तानी गरिसकेको जनाएकोछ।

पशुपति क्षेत्र बिकास कोषका प्रबक्ता रेवति रमण अधिकारीले पनि खुकुरी सेक्युरिटी कम्पनीलाई सम्झौता अनुसारको सबै रकम भुक्तानी गरिसकेको बताएकाछन ।

उता कर्मचारीहरुले भने आफुहरुको हाजिर हुनुपर्ने ,ज्यालादारी कै रुपमा भए पनि कामले निरन्तर पाउनुपर्ने भन्दै उनिहरु श्रम अदालत सम्म पुगेकाछन।

नेपाल इन्भेस्टमेन्ट मेगा बैक लिमिटेडद्वारा सामाजिक उतर्दायित्व अन्तर्गतको रकमबाट ज्यालादारिमा उनीहरुले सरसफाइको काम गर्दै आइरहेका थिए।

पशुपति बिकास कोषलाई इन्भेस्टमेन्ट मेघा बैंकले टेन्डर गरि काममा लगाउनु, टेण्डरमा नजाउन्जेल कोष आफैले बैकले दिएको रकमबाट भुक्तानी दिनेगरी काममा लगाई त्यसको भुक्तानी हामी गर्छौ भनेपछि कोषले टेन्डरको लागि आव्हान गरेको थियो।

११ वटा कम्पनीले टेन्डरमा भाग लिएकोमा गोलाप्रथाद्वारा खुकुरी सेकुरिटी  कम्पनीलाई परेको थियो ।

इन्भेस्टमेन्ट मेगा बैंकले दिदै आएको आर्थिक सहयोग कार्यक्रम बन्द भएपछि खुकुरी कम्पनीलाई पशुपति क्षेत्र बिकास कोषले दिएको टेन्डरले निरन्तरता पाउने अबस्थामा ब्रेक लागेको हो।

७५ सालदेखि बैंकहरुकै आर्थिक सहयोगमा सरसफाइमा काम गर्दै आएका ती कर्मचारीहरु पछिल्लो दिनमा खुकुरी सेक्युरिटी कम्पनीका कर्मचारी हुन।

ज्यालादारी कर्मचारीलाई एकीकृत समाजबादी पार्टी निकट संगठनले उचालेर आन्दोलन गरिरहेको समेत उनिहरुमाथी आरोप छ।

केही निजि स्वार्थ बोकेका भित्री र बाहिरी जिम्मेवार ब्यक्तिहरु समेतले कर्मचारीलाई उचालेर पशुपति क्षेत्रको बारेमा नराम्रो सन्देश लाने काम गरिरहेको  स्थानीयहरुको आरोप रहेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
3 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP