समाजसेवी आइटी बिज्ञ बिजय बस्नेतले सर्लाहीमा डिजिटल भिलेज १.०बनाउदै

समाजसेवी आइटी बिज्ञ बिजय बस्नेतले सर्लाहीमा डिजिटल भिलेज १.०बनाउदै

सर्लाही ।आफनो गाउँ बनाउन आफै कसिन पर्ने हुटहुटिले एक समाजसेवीको मनमा अनेकौं बिचार उत्पन्न हुन्छ।उनी हुन बरिस्ठ समाजसेवी आइटी बिज्ञ बिजयकुमार बस्नेत ।तुरुन्तै गाउँ जाने सोचाइ राख्छन् । उनी बागमती नगरपालिका वडा नम्बर -११कर्नैया,पशुपतिनगर पुग्छन् ।गाउँको सबै कुरा अध्यन गर्छन ।गाउँमा अझै बिकास हुन सकेकोछैन।गाउँमा युवाहरू छैनन् ।भएका पनि बेरोजगारी छन।रोग,शोक र भोग हटाउने उपायको खोजी गर्दा आफ्नो गाउँलाई डिजिटल भिलेज बनाउने सोचाइ मनमा आउछ र  आफ्नो बिज्ञ टोलि सहित पशुपतिनगर सामुदायिक बन उपभोक्ता समुहसग सहकार्य गर्न थाल्छन।सामुदायिक बन उपभोक्ता समुहका ब्यबस्थापक र बागमती ११ नम्बर वडाका अध्यक्षसगको व्यापक छलफलपछि  साढे दुई दसक लामो आइटी क्षेत्रको ज्ञान र ३२ देश घुम्दा पाएका अनुभवलाई आफ्नो गाउँमा खनाउन पाउँदा उनी निक्कै खुशी छन।सुरुमा सोलार पावर सहित ८० वटा सेफल बत्ति पोलबाट बाल्न सुरु गरे।५ नाकामा एक साथ रेड लाइट बति झिलिमिली पारे।२०४ घर धुरी रहेको बन उपभोक्ता समुहलाई समेट्दै बागमतीको  ११ नम्बर वडा पुरै तिहारझै झिलिमिली पार्ने अभियानमा गाउले एक जुट हुँदै अगाडि बड्दैछन।लगतै सेकुरिटी साइरन निर्माण कार्यमा बिजय बस्नेतको टोलि जुटिसकेकोछ।यश अन्तर्गत गाउमा कसैको घरमा कुनै पनि खाले आपत आइलागे तुरुन्तै उद्दार हुनेछ।चोर लागेमा,बिरामी भएमा,आगो लागि भएमा वा कुनै पनि घटना घटेमा तुरुन्तै एक साथ गाउमा साइरन बज्छ र तयारी अबस्थामा राखेको उद्दार टोलि घट्ना स्थल पुग्छन ।चोर लागे प्रहरी ,बिरामी भए एम्बुलेन्स र आगो लागे दमकल पुगि हाल्छ।बस्नेतको  अबको योजना फूड बैंकको स्थापना गर्ने,सस्तोमा नुनदेखी सुनसम्म गाउमै सबै ब्यब्स्था मिलाउने ,स्वरोजगार तथा रोजगारको सिर्जना गर्ने रहेकोछ।गाउँलाई बाताबरण मैत्री बनाउन एक घर एक रुख अभियान पनि लागू हुनेछ।त्यस गाउँमा अब कोहि पनि डिजिटल म्याप हेरेर प्रत्येक घरमा पुग्न सक्छन् ।सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष लगायत ब्यबस्थापक कबिराज खड्का दिनरात डिजिटल भिलेज निर्माण कार्यमा जुटिरहेकाछन।बन समूह भित्रबाट सुरु गरिएको यो पाइलट नमूना प्रोजेक्टलाई पुरै गाउँ वडा नम्बर ११ भरी समेट्ने बिश्वास दिलाउनुहुन्छ अध्यक्ष प्रदीप आचार्य ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दुई वटा बस सिमलताल त्रीसुलिमा झर्‍यो ,ड्राइभरको घटना स्थलमै मृत्यु
एक बर्ष अगाडि

गएराती बिहानको ३:३० बजे नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलताल त्रीसुलिमा दुई वटा बस झरेकोछ। ...

छुटाउनुभयो कि ?

TOP