चर्चामा
काठमाडौं । तिब्बतबाट आएको भोटेकोसी नदीको भीषण बाढीले रसुवामा रहेका ९ वटा वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन्।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत बैंक कर्मचारीमध्ये आधाभन्दा धेरैसँग अहिले पनि सम्पर्क हुन सकेको छैन।
बाढीका कारण फोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुगेकाले सञ्चार सेवा अवरुद्ध भएको छ। यसले प्रभावित क्षेत्रमा पुग्न, कर्मचारीको अवस्था बुझ्न तथा क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको बैंकर्स एसोसिएसनले जनाएको छ।
बाढीले बैंकिङ सेवा, सञ्चार तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएपछि प्रभावित क्षेत्रको यथार्थ विवरण संकलन र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको जनाइएको छ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!