चर्चामा
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि नेपाली सेनाले मेडिकल टिमसहित हेलिकप्टर परिचालन गरेको छ।
नेपाली सेनाको एआई–१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर काठमाडौंबाट जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
धुन्चे र त्रिशूलीबाट पनि उद्धार टोली परिचालन गरिएको छ। यसअघि नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा खटिसकेका थिए।
तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नुवाकोट हुँदै धादिङसम्म पुगेको जनाइएको छ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!