चर्चामा
काठमाडौं । भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले देशभरका हेलिकप्टर कम्पनीलाई उद्धार तथा आपत्कालीन सेवाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयले बाढीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै सबै हेलिकप्टर कम्पनीलाई आवश्यक उद्धारका लागि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट एक्कासि ठूलो बाढी नेपाल प्रवेश गरेको हो।
बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढिरहेको बताइएको छ। बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको एक बजारसमेत बगाएको छ। नदी किनारका क्षेत्रमा जोखिम बढेपछि स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
उद्धार तथा क्षतिको विस्तृत विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!