चर्चामा
काठमाडौँ । रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले तिब्बततर्फ हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक आशंका गरेको छ।
नदीको बहाव अचानक बढेपछि विभागले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार आज भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट टिमुरे नाका हुँदै ठूलो बाढी नेपाल प्रवेश गरेको हो।
उनका अनुसार यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएको देखिएकाले तिब्बत क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बाढीको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको पराजुलीले जानकारी दिए। उपग्रहबाट खिचिएका तस्बिर तथा अन्य प्राविधिक माध्यमको प्रयोग गरी हिमताल विस्फोट भएको हो वा होइन भन्ने विषयमा पुष्टि गर्ने प्रयास भइरहेको पनि उनले बताए।
अचानक आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेकाले स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!