चर्चामा
गोरखा । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनअन्तर्गत पालुङटार नगरपालिकाको नगर सभापति पदका लागि मानबहादुर आले मगरको उम्मेदवारी चर्चामा आएको छ।
गोरखाको पालुङटार-५, ठँटीपोखरी निवासी आले मगर पार्टीका वर्तमान नगर उपसभापति हुन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा पालुङटार-५ बाट वडा अध्यक्षका उम्मेदवार समेत थिए।राजनीतिकसँगै सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय आले मगर लिगलिग पालुङटार उद्योग वाणिज्य संघ तथा नेपाल मगर संघ, पालुङटारका वर्तमान अध्यक्ष हुन्। भूतपूर्व सैनिक संघ-संस्थाहरूमा समेत सक्रिय रहेका आले मगरलाई समर्थकहरूले सरल, भद्र र कार्यकर्ताको भावना बुझ्ने नेताका रूपमा प्रस्तुत गरेका छन्।
संगठनलाई एकताबद्ध र कार्यकर्तामैत्री बनाउने प्रतिबद्धता जनाउँदै आले मगरले क्षेत्रीय प्रतिनिधि तथा नेता-कार्यकर्ताहरूसँग अमूल्य मत र सहयोगका लागि आग्रह गरेका छन्। कांग्रेसको संशोधित कार्यतालिका अनुसार गाउँ-नगर अधिवेशन २०८३ असोज ७ गते हुँदैछ।
चितवन । चाडपर्वमा वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले निगरानी बढाएको छ। न ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!